वैशाख २८, काठमाडौं । सामलिङ पावर कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ७ करोड २ लाख नोक्सानीमा रहेको छ ।
गत आवको तेस्रो त्रैमाससम्ममा भने कम्पनीले रू. १ करोड ७८ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको वित्तीय लागत बढेकाले नोक्सानी पनि बढेको हो ।
कम्पनीको चुक्तापूँजी रू. ५० करोड रहेको छ । त्यसैगरी कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा जगेडामा रू. ७ करोड १ लाख सञ्चित गरेको छ । कम्पनी नोक्सानीमा गएसँगै प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ ।
गत आवमा प्रतिशेयर आम्दानी रू. ४ दशमलव ७५ धनात्मक रहेकोमा चालू आवमा रू. १४ दशमलव ५५ ऋणात्मक रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू.११४ दशमलव शून्य ४ रहेको छ ।