काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले २५६९ औं बुद्घ जयन्तीको अवसरमा सामूहिक भोजन वितरण कार्यक्रम गरेको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं महानगरपालिका–१५ स्थित स्वयम्भूनाथ स्तुपा परिसरमा श्रद्घालुहरूलाई सामूहिक भोजन वितरण कार्यक्रम सम्पन्न गरेको हो । नकर्मी समाजको सहकार्यमा सो कार्यक्रम गरिएको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा नकर्मी समाजका अध्यक्ष जितेन्द्र नकर्मी, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका अनुपालन अधिकृत सन्तोष कुमार चौरसिया लगायतकोे उपस्थिति रहेको थियो ।
संस्थाले विगतदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सामाजिक कार्य गर्दै आइरहेको छ । आगामी दिनहरूमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
यस वित्तीय संस्थाले हाल देशभर २३ ओटा शाखा कार्यालय र ४ ओटा विस्तारित काउण्टरबाट वित्तीय सेवा तथा एटीएम सेवा, सेफ डिपोजिट, लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ्ग सेवाहरू जस्ता आधुनिक बैकिङ्ग सेवा सुविधाहरू प्रदान गर्दै आइरहेको मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्गले जानकारी दिइन् ।