भदौ ८, काठमाडौं । हिम पर्वत हाईड्रोपावर लिमिटेडले भदौ २२ गते वार्षिक साधारणसभा गर्ने भएको छ । काठमाडौं, त्रिपुरेश्वरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे साधारण सभा शुरू हुने जानकारी दिइएको छ ।
साधारण सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव ल्याइने भएकाे छ । कम्पनी १४ लाख कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि र २८ लाख कित्ता सर्वसाधारणको लागि गरी जम्मा ४२ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने तयारीमा छ ।
उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । साधारण सभाबाट पारित गरी आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय विद्युत नियमन आयोगबाट स्वीकृति लिनुपर्ने छ । त्यसपछि धितोपत्र बोर्ड सेबोनमा दिएको निवेदन स्वीकृतिपछि मात्र आईपीओ निष्कासन गरिनेछ ।
कम्पनीले दोलखामा २० मेगावाटको साँघुखोला र ५.५० मेगावाटको साँघुखोला–१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मेगावाटका दुई जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।