काठमाडौं । धितोपत्र दलाल व्यवसायीको रूपमा सञ्चालित हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले कात्तिक ३० गने वार्षिक साधारण सभा गर्ने भएको छ ।
कात्तिक ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको बुढानिलकण्ठस्थित लेमन ट्रिमा दिउँसो ३ बजे दोस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
प्रमुख कार्यकारी अधिकृतको तलब भत्ताका सम्बन्धमा आवश्यक निर्णय गर्ने प्रस्ताव गरेको कम्पनीले लाभांशसमेत प्रस्ताव गरेको बताएको छ । तर, कम्पनीले सार्वजनिक गरेको सूचनामा कति लाभांश प्रस्ताव गर्ने भन्ने उल्लेख गरेको छैन ।