काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।
कम्पनीले माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ३७ प्रतिशत नगद लाभांश (करसमेत) आजदेखि सम्बन्धित शेयरधनीको हितग्राही खातामा रहेको बैंक खातामा जम्मा गरिदिएको हो । साथै साधारण सभाबाट पारित भएको ८ दशमलव ६३ प्रतिशत बोनस शेयरलाई सूचीकरण भएपछि सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिने जानकारी दिएको छ ।
साधारण सभा प्रयोजनका लागि शेयर दाखिला बन्द हुने मितिसम्ममा कायम रहेका शेयरधनीको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम सोही खातामा नै जम्मा गर्ने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
साथै हालसम्म पनि अभौतिकीकरण नगराएका वा हितग्राही खाता खालेर पनि कम्पनीको शेयर अभौतिकीकरण नगराएका शेयरधनीले पायक पर्ने निक्षेप सदस्यकोमा हितग्राही खाता खोली यथाशीघ्र अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक गराएपछि नगद लाभांश जम्मा हुनेछ । शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड छ ।