काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छूट दिने भएको छ ।
कम्पनीले साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरू जेठ ६ गतेदेखि १८ गतेसम्म पुनजार्गरण वा नवीकरण गराएमा २५ देखि शतप्रतिशतसम्म ब्याज छूटको व्यवस्था गरेको बताएको छ ।
कम्पनीले उक्त अवधिसम्ममा नवीकरण गराउँदा बीमा शुल्कमा लाग्ने बिलम्ब शुल्कमा छूटको व्यवस्था गरेको हो ।
कम्पनीका अनुसार तीन वर्षसम्मको बीमालेख नवीकरण गर्दा शतप्रतिशत, ३ वर्षभन्दामाथि ५ वर्षसम्म ५० प्रतिशत, ५ देखि ७ वर्षसम्म ३५ प्रतिशत र ७ वर्षदेखिमाथि जतिसुकै अवधिका लागि २५ प्रतिशत ब्याज छूट प्रदान गरिने छ ।
कम्पनीका अनुसार उक्त छूट योजनामा समावेश भई नवीकरण भएका बीमालेखहरू नवीकरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको ब्याज छूटको सम्पूर्ण रकम कट्टा गरिने छ ।