काठमाडौं । लुम्बिनी केवल कार लिमिटेडले साउन ३ गते विशेष साधारण सभा बोलाएको छ । असार ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित होटेल ले हिमालयनमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले सभाका लागि अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव तय गरेको छ । हकप्रद शेयर जारी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्तावसँगै विविध प्रस्ताव सभाका लागि तय भएको हो ।