काठमाडौं । मुक्तिनाथ म्युचुलअल फण्डअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड १ ले जेठ मसान्तसम्म २ करोड ८२ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । यो नाफा वैशाख मसान्तसम्मको तुलनामा १ करोड २० लाख रुपैयाँभन्दा बढी हो । वैशाख मसान्तसम्म योजनाले १ करोड ६२ लाख रुपैयाँभन्दा बढी नाफा गरेको थियो ।
वैशाख मसान्तसम्म ३ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दा योजनाले १ करोड ४१ लाख रुपैयाँभन्दा बढी खर्च गरेको थियो । जेठ मसान्तसमम भने योजनाले ४ करोड ४४ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दा १ करोड ६१ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ ।
धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले जेठ मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परल मूल्य (कमिसनसमेत) १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी छ ।
बैंक मुद्दती निक्षेपमा ६ करोड रुपैयाँ लगानी गरेको योजनाको कुल लगानीको बजार मूल्य भने १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी छ ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना २०८१ पुस ४ गतेदेखि सञ्चालनमा छ । योजना सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरिएको थियो ।
वैशाख मसान्तसम्म १० रुपैयाँ १३ पैसा रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य जेठ मसान्तसम्म १० रुपैयाँ २३ पैसा कायम भएको छ । यस अवधिसम्म योजनाको खुद सम्पत्ति भने १ अर्ब २७ करोड रुपैयाँभन्दा बढी छ ।