काठमाडौं । इक्रा नेपाल लिमिटेडले आगामी मंसिर ३ गते बाह्रौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको गत भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले ठमेलस्थित एलोफ्ट काठमाडौंमा दिउँसो २ बजे सभा बस्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापूँजीको ५७ दशमलव ३९६०७२२२२ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।