काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको ‘लक-इन’ अवधि भोलि सकिने भएको छ । ‘लक-इन’ अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
कम्पनीको सेयर २०७८ फागुन ४ गते बाँडफाँट भएको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक शेयरधनी र कर्मचारीहरूको शेयर 'लक-इन'मा राख्नुपर्ने व्यवस्था छ ।
हाल कम्पनीको ५० लाख ४०० कित्ता संस्थापक शेयर र ११ हजार ११२ कित्ता कर्मचारीको शेयर 'लक-इन' रहेको छ ।