काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओले रू. ७२ दशमलव ३३ देखि २१६ दशमलव ९९ सम्म ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीले पहिलाे काराेबारका लागि उक्त रेञ्ज पाउने देखिएकाे हाे ।
कम्पनीको आव २०७७/७८ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७२ दशलमव ३३ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीको आईपीओ हाल नेप्सेमा सूचीकरण हुने प्रक्रियामा छ । कम्पनीको आईपीओ हिजो बाँडफाँट भएको थियो ।
कम्पनीकाे आईपीओ खरिदका लागि कुल १३ लाख ५८ हजार २२० जनाले आवेदन दिएका थिए, जसमा १ हजार ९९६ जनाको आवेदन रद्द भएको थियो । बाँकी आवेदकमध्ये ६२ हजार ५१९ जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।