काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले मंसिर २९ गतेदेखि निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले ७० लाख कित्ता हकप्रद शेयर निष्कासनमा ल्याएको हो । यो कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएको कम्पनी हो । कम्पनीले संस्थापक शेयरधनीहरूका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा यी हकप्रद शेयर विक्री गर्न लागेको हो । मंसिर ११ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।
प्रभु केवलकारको कार्यालय तीनकुने, काठमाडौंबाट हकप्रद शेयर खरीदका लागि आवेदन प्राप्त गर्न र बुझाउन सकिनेछ । हकप्रद शेयरबापतको रकम कम्पनीको नाममा प्रभु बैंक कोटेश्वरमा रहेको खाता नम्बर ११५०१५३५६२१०००१५ मा जम्मा गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।