काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २७ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ ।
माघ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिराहाको गोलबजारस्थित होटल पावन मिथिलामा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुृका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने प्रस्तावलाई पनि सभामा पेश गरिनेछ । आगामी दिनमा कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा माघ १७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।