काठमाडौं । गत साता बढेको बजार यो साता भने करीब २ प्रतिशत घटेको छ । गत साताको तुलनामा यो साता अंकका हिसाबमा नेप्से परिसूचक ४६ दशमलव ४७ अंक तल झरेको हो । गत साताको अन्तिम कारोबार दिन २ हजार ६३५ दशमलव शून्य ९ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ५८८ दशमलव ६२ विन्दुमा झरेको हो ।
गत साता पाँच कारोबार दिनमा चार दिन निरन्तर बढेको बजार अन्तिम कारोबार दिन मात्र घटेको थियो । यो साता चार कारोबार दिनमा तीन कारोबार दिन घटेको बजार एक कारोबार दिन भने केही सुधारिन खोजेको देखियो । यो साता पहिलो कारोबार दिन २५ दशमलव ४१ अंक, दोस्रो दिन १५ दशमलव ५४ अंक घटेको बजार तेस्रो कारोबार दिन १ दशमलव ८३ अंकले सुधारिन खोजेको थियो । अन्तिम कारोबार दिन भने बजार ७ दशमलव ३३ अंकले घटेर बन्द भएको छ ।
यो साता कुल कारोबार रकम करीब २६ प्रतिशतले र कुल कारोबार कित्ता करीब ३५ प्रतिशतले घटेको छ । गत साता पाँच कारोबार दिनमा ३० अर्ब २६ करोड रुपैयाँभन्दा बढीको ६ करोड ८१ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २२ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको ४ करोड ४३ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । गत साताको तुलनामा यो साता कुल कारोबार रकम ७ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीले र कुल कारोबार कित्ता २ करोड ३७ लाखभन्दा बढीले घटेको हो ।
यो साता औसत कारोबार रकम ७ दशमलव ४५ प्रतिशतले र औसत कारोबार कित्ता साढे १८ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार गत साता औसतमा ६ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको १ करोड ३६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता औसतमा ५ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको १ करोड १० लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
गत साताभन्दा यो साता औसत कारोबार रकम ४५ करोड ८ लाख रुपैयाँभन्दा बढीले र औसत कारोबार कित्ता २५ लाख ३४ हजारभन्दा बढीले घटेको हो ।
सूचीकृत कम्पनीहरूको शेयरमूल्य घटेसँगै कुल बजार पूँजीकरण पनि घटेको छ । यो साताको कारोबारमा सूचीकृत कम्पनीहरूको धितोपत्र मूल्य ७७ अर्ब रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७० अर्ब ८२ करोड ३८ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४२ खर्ब ९३ अब ७४ करोड ८३ लाख रुपैयाँ कायम भएको हो ।
सातागत परिसूचकको तुलना
विवरण | यो साता | गत साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | 2,588.62 | 2,635.09 | -46.47 | -1.76 |
सेन्सेटिभ इन्डेक्स (अंक) | 436.62 | 448.54 | -11.92 | -2.66 |
कारोबार रकम (रू. हजारमा) | 22,407,408.24 | -7,856,233.25 | -25.96 | |
30,263,641.49 | ||||
कारोबार कित्ता | 44,387,338 | 68,155,721 | -23,768,383 | -34.87 |
औसत कारोबार रकम (रू. हजारमा) | 5,601,852.06 | 6,052,728.30 | -450,876.24 | -7.45 |
औसत कारोबार कित्ता | 11,096,834.50 | -2,534,309.70 | -18.59 | |
13,631,144.20 | ||||
कुल बजार पूँजीकरण (रू. दश लाखमा) | 4,293,748.30 | 4,370,823.86 | -77,075.56 | -1.76 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
वित्त समूहको परिसूचक करीब १३ प्रतिशत घट्यो
यो साताको कारोबारमा सबै समूहगत परिसूचकहरू घटेका छन् । यो साता वित्त समूहको परिसूचक सर्वाधिक १२ दशमलव ९६ प्रतिशत घटेको छ ।
वित्त समूहपछि बैंकिङ समूहको परिसूचक २ दशमलव ७५ प्रतिशत, लघुवित्तको २ दशमलव ३८ प्रतिशत, विकास बैंकको २ प्रतिशत परिसूचक घटेको हो । त्यस्तै लगानीको १ दशमलव ६५ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव २३ प्रतिशत, जीवन बीमाको १ दशमलव १६ प्रतिशत, व्यापारिकको शून्य दशमलव ९९ प्रतिशत, अन्यको शून्य दशमलव ९२ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव ९२ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ७१ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ३० प्रतिशत र जलविद्युतको शून्य दशमलव १३ प्रतिशत परिसूचक घटेको छ ।
परिसूचकमा आएको कमीका आधारमा यो साता जलविद्युत समूहका लगानीकर्ताले सबैभन्दा कम गुमाएका छन् ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन
विवरण | यो साता | गत साता | फरक प्रतिशत |
जलविद्युत् | 3,669.77 | 3,674.62 | -0.13 |
म्युचुअल फण्ड | 20.22 | 20.28 | -0.3 |
उत्पादन तथा प्रशोधन | 6,721.87 | 6,769.60 | -0.71 |
होटल तथा पर्यटन | 6,645.96 | 6,696.35 | -0.75 |
अन्य | 1,904.28 | 1,921.96 | -0.92 |
व्यापार | 4,417.33 | 4,461.58 | -0.99 |
जीवन बीमा | 12,573.12 | 12,720.40 | -1.16 |
निर्जीवन बीमा | 12,424.02 | 12,579.30 | -1.23 |
लगानी | 99.57 | 101.24 | -1.65 |
विकास बैंक | 5,378.55 | 5,488.09 | -2 |
लघुवित्त | 4,838.26 | 4,956.17 | -2.38 |
बैंकिङ्ग | 1,346.54 | 1,384.60 | -2.75 |
वित्त | 2,639.96 | 3,033.04 | -12.96 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)