काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित चारओटा फण्डले जेठ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।
नबिल ब्यालेन्सड् फण्ड ३, नबिल ब्यालेन्सड् फण्ड २, नबिल फ्लेक्सी क्याप फण्ड र नबिल इक्वीटी फण्डले खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् ।
सार्वजनिक वित्तीय विवरण अनुसार यी चारओटै फण्डको न्याभ वैशाखको तुलनामा जेठमा वृद्धि भएको छ ।
नबिल ब्यालेन्सड् फण्ड ३ को न्याभ वैशाख मसान्तमा ८ रुपैयाँ १६ पैसा रहेकोमा जेठ मसान्तमा ८ रुपैयाँ ७९ पैसा पुगेको छ ।
नबिल ब्यालेन्सड् फण्ड २ को न्याभ जेठ मसान्तमा १० रुपैयाँ २४ पैसा कायम भएको छ । यस फण्डको न्याभ वैशाख मसान्तमा ९ रुपैयाँ ४४ पैसा थियो ।
त्यस्तै नबिल फ्लेक्सी क्याप फण्डको न्याभ वैशाख मसान्तमा ९ रुपैयाँ ३७ पैसा रहेकोमा जेठमा बढेर ९ रुपैयाँ ८७ पैसा पुगेको हो ।
नबिल इक्वीटी फण्डको न्याभ वैशाख मसान्तमा ९ रुपैयाँ ५७ पैसा रहेकोमा जेठ मसान्तमा बढेर १० रुपैयाँ ३७ पैसा पुगेको छ । यस फण्डले वैशाख मसान्तमा ६ करोड ४१ लाख नोक्सानी व्यहोरेकोमा जेठ मसान्तमा भने रू. ३ करोड ५४ लाख नाफा छ । जेठ मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू. ७७ करोड ६३ लाख लगानी गरेको छ ।
नबिल फ्लेक्सी क्याप फण्ड भने नोक्सानीमा छ । वैशाख मसान्तमा फण्ड रू. २ करोड ९३ लाख नोक्सानीमा रहेकोमा जेठ मसान्तमा पनि रू. ५९ लाख ६७ हजार नोक्सानीमा छ । यस फण्डले सूचीकृत धितोपत्रमा रू. २० करोड २७ लाख लगानी गरेको छ ।
नबिल ब्यालेन्सड् फण्ड २ ले जेठ मसान्तसम्ममा रू. १ करोड ६० लाख नाफा कमाएको छ । वैशाखमा भने फण्ड रू. ७ करोड ३४ लाख नोक्सानीमा थियो ।
त्यस्तै नबिल ब्यालेन्सड् फण्ड ३ वैशाख मसान्तमा रू. ५ करोड १७ लाख नोक्सानीमा रहेकोमा जेठ मसान्तमा भने रू. २ करोड ७२ लाख नाफामा छ ।
नबिल ब्यालेन्सड् फण्ड ३ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला
नबिल ब्यालेन्सड् फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला
नबिल इक्वीटीको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला
नबिल फ्लेक्सी क्याप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला