काठमाडौं । जेठमा १४ निर्जीवन बीमा कम्पनीहरूले कूल रू ३ अर्ब ५० करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । यो बीमा शुल्क वैशाखको तुलनामा ३१ दशमलव २० प्रतिशत वृद्धि भएको हो । कम्पनीहरूले वैशाखमा रू. २ अर्ब ६७ करोड बीमा शुल्क आर्जन गरेका थिए ।
जेठमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स छ । यो कम्पनीले जेठमा मात्रै रू. ५७ करोड १९ लाख बीमा शुल्क आर्जन गरेको हो । यो बीमा शुल्क वैशाखको तुलनामा १९२ प्रतिशत वृद्धि भएको हो । वैशाखमा कम्पनीले रू. १९ करोड ५५ लाख बीमा शुल्क आर्जन गरेको थियो ।
वैशाखमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेको दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छ । कम्पनीले रू. ३६ करोड ७८ लाख बीमा शुल्क आर्जन गरेको छ ।
वैशाखको तुलनामा जेठमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको बीमा शुल्क ६९२ प्रतिशत वृद्धि भएको छ । कम्पनीले वैशाखमा रू. २ करोड ९९ लाख बीमा शुल्क आर्जन गरेकोमा जेठमा रू. २३ करोड ७२ लाख आर्जन गरेको हो ।
जेठमा १४ कम्पनीमध्ये सबैभन्दा कम बीमा शुल्क नेशनल इन्स्योरेन्सले आर्जन गरेको छ । कम्पनीले रू. ८ करोड ३३ लाख बीमा शुल्क आर्जन गरेको छ ।
कसले कति आर्जन गरे बीमा शुल्क ?