जनकपुरधाम। धनुषास्थित जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष (आव) २०८०/८१ को माघ मसान्तसम्म २६ करोड ९३ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले ७ महीनाका लागि २९ करोड ८१ लाख ४९ हजार रुपैयाँको लक्ष्य पाएको छ । माघ मसान्तसम्मको संकलन लक्ष्यको ९० दशमलव ३३ प्रतिशत हो ।
कार्यालयले यस आवका लागि ५१ करोड ७५ लाख ९१ हजार रुपैयाँको लक्ष्य पाएको निमित्त कार्यालय प्रमुख राजेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार ७ महीनाको संकलन वार्षिक लक्ष्यको ५२ दशमलव शून्य ४४ प्रतिशत हो ।
यो भन्सारले गतवर्ष ४९ करोड ४४ लाख ५१ हजार रुपैयाँको लक्ष्य पाएकोमा ३२ करोड ९६ लाख २५ हजार मात्र राजस्व संकलन गरेको थियो । गतवर्षको संकलन वार्षिक लक्ष्यको ६६ दशमलव ६६ प्रतिशत हो । कार्यालयका अनुसार चोरी पैठारीका ४२४ मुद्दा दर्ता कार्यालयमा रहेकोमा हालसम्म ३३८ मुद्दाको फैसला भएको छ ।