काठमाडौं। ज्योति विकास बैंकले चितवनको खैरहनी–६ स्थित खैरहनी माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत ३० थान डेस्क, बेञ्च प्रदान गरेको छ । बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक वातावरण सुधार गर्न न्यूनतम भौतिक पूर्वाधारमा योगदान पुर्याउने तथा समग्र शैक्षिक अनुभवमा सुधार ल्याउने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराइएको बताइएको छ । सहयोगपश्चात् विद्यार्थीले डेस्क, बेञ्चको उपयोग गरेर सहज रूपमा अध्ययन गर्ने वातावरण निर्माणमा सुधार हुने अपेक्षा बैंकको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका पर्सा शाखा प्रबन्धक यज्ञराज भट्टले विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद शर्मालाई उक्त डेस्क, बेञ्च हस्तान्तरण गरेका थिए । कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थी तथा बैंकका प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।
हस्तान्तरण कार्यक्रममा प्रधानाध्यापक शर्माले शिक्षामा गुणस्तरीय पूर्वाधारको महत्त्वमा जोड दिँदै सकारात्मक र समृद्ध शैक्षिक वातावरण निर्माणमा बैंकको सहयोग प्रति कृतज्ञता व्यक्त गरेका थिए ।