काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले धुलिखेलस्थित "दूषित थानी हिमालयन रिसोर्ट धुलिखेल" मा आफ्नो ग्राहकहरूलाई १५% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।
सम्झौताअनुसार, बैंकका ग्राहकहरूले उक्त रिसोर्टका विभिन्न सेवामा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् । जसमा खाना, पेय पदार्थ, देवराना वेल्ल्नेस स्पा, स्वीमिङ पुल, ज्याकुजी, स्टीम र साउना जस्ता सुविधाहरू समेत रहेका छन्।
यसअघि बैंकले पोखरास्थित टिका रिसोर्टमा ३०% र "अतिथि रिसोर्ट एण्ड स्पामा २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौतासमेत गरेको छ। बैंकले खोटाङस्थित "जम्बाला रिसोर्ट" मा १०% सम्मको विशेष छुट पनि प्रदान गर्ने सम्झौता गरेको छ।
बैंकले देशका विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ। ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ।