काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनीले दशौ तथा एघारौ वार्षिक साधारण सभा पुस ४ गते गर्ने भएको छ । सभा धुम्र बाराह पार्टी प्यालेस ,धुम्बराहीमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको हो । सभाले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले आर्थिक वर्ष २०७८/७९ तथा २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले मङ्सिर २२ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा मङ्सिर २१ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।