काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले यही माघ ३० गते १२औं वार्षिक साधारण सभा बोलाएको छ ।
माघ ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले धुम्रबाराही भेन्यु, धुम्रबाराही, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
सञ्चालक समितिको हेरफेर तथा अनुमोदन सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ । कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १३ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा माघ १० गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।