काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आइतवार प्रदेशसभा बैठकमा आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गरेका हुन् ।
सरकारले प्रस्तुत गरेको कुल बजेटमध्ये १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ चालुतर्फ, १७ अर्ब १० करोड ६५ लाख पूँजीगततर्फ र १० करोड रुपैयाँ वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ।
उक्त बजेट चालू आर्थिक वर्षको बजेटभन्दा १.७ प्रतिशत र संशोधित बजेटभन्दा १२ प्रतिशत बढी हो । चालू आर्थिक वर्षका लागि सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
यस्तो छ बजेटको पूर्णपाठ