काठमाडौं। कुमारी बैंक लिमिटेड र काठमाडौंको भाटभटेनी टंगालस्थित ‘क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के ल्याब)’बीच बैंकका ग्राहकलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवामा छूट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिँदै आएका सेवामा ग्राहकलाई आन्तरिक ल्याब टेष्टमा २० प्रतिशत र बाह्य ल्याब टेष्टमा १० प्रतिशतसम्म छूट दिने सम्बन्धमा सम्झौता भएको बताइएको छ । बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै ३०२ शाखा, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवा दिँदै आएको बताइएको छ । आगामी दिनमा पनि थप सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.