काठमाडौं। अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडले काठमाडौं उपत्यकामा रहेका शाखाका महिला कर्मचारीलाई नेतृत्व शीपसम्बन्धी तालीम दिएको छ । सो अवसरमा महिला कर्मचारीले नेतृत्व शीपलाई उजागर गर्दै उत्साह र एकताका साथ अन्तरराष्ट्रिय नारी दिवस मनाएका थिए ।
काठमाडौंमा आयोजित उक्त कार्यक्रममा विश्वव्यापी रूपमा प्रख्यात भारतीय अमेरिकी नेतृत्व विज्ञ एवं प्रशिक्षक पायल नानजियानीले नेतृत्व शीपसम्बन्धी प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा बैंकिङ क्षेत्रमा महिलाको उपलब्धि, योगदान, महिला सशक्तीकरण र समावेशिताको विषयमा समेत चर्चा गरिएको थियो ।
बैंकले विगत ३१ वर्षदेखि बंैकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय छन् ।