काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेड र स्काइलाइन इन्फ्रा लिमिटेड वीरगञ्जबीच बैंकका ग्राहकलाई छूट दिने सम्झौता भएको छ । बैंकका ग्राहकले स्काइलाइनबाट खाद्य तथा पेय पदार्थ लगायत अन्य सुविधामा १५ प्रतिशत र आवास सुविधामा १० प्रतिशतसम्म छूट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका मधेश प्रदेश प्रमुख उदय पन्जीयार थारु र स्काइलाइनका निर्देशक अंकुर भंगर अग्रवालले हस्ताक्षर गरेका छन् ।
सो कार्यक्रममा बैंकको वीरगञ्ज शाखाका प्रबन्धक, राकेश महर्जन र बैंक तथा होटेलका अन्य पदाधिकारी समेतको उपस्थिति थियो । बैंकले विगत ३१ वर्षदेखि बंैकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा दिँदै आएको छ ।