काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित कुमारी धनवृद्धि योजनाको प्रतिइकाई खुद मूल्य मंसिरको तुलनामा पुसमा घटेको छ ।
मंसिर मसान्तसम्म प्रतिइकाई खुद मूल्य ११ रुपैयाँ २४ पैसा रहेकोमा पुस मसान्तसम्म यो मूल्य ११ रुपैयाँ १ पैसा कायम भएको हो । यस अवधिसम्म योजनाको खुद सम्पत्ति भने १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी छ ।
मंसिरको तुलनामा पुसमा योजनाको आम्दानीसँगै नाफा समेत घटेको छ । मंसिर मसान्तसम्म ९ करोड ५२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले पुस मसान्तसम्म भने ६ करोड ९० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो ।
आम्दानी घटेसँगै योजनाको नाफा पनि घटेको छ । योजनाको नाफा मंसिर मसान्तसम्म ८ करोड ४३ लाख रुपैयाँभन्दा बढी रहेकोमा पुस मसान्तसम्म ५ करोड ६३ लाख रुपैयाँभन्दा बढी कायम भएको छ ।
योजनाले मंसिर मसान्तसम्म १ करोड ८ लाख रुपैयाँभन्दा बढी खर्च गरेकोमा पुस मसान्तसम्म १ करोड २७ लाख रुपैयाँभन्दा बढी खर्च गरेको हो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०७९ असार ३ गतेदेखि सञ्चालनमा छ । धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाको धितोपत्रमा भएको लगानीको परल मूल्यभन्दा बजार मूल्य बढी छ ।
योजनाले पुस मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परल मूल्य भने १ अर्ब १७ करोड रुपैयाँभन्दा बढी छ । योजनाको धितोपत्रमा भएको लगानीको बजार मूल्य भने १ अर्ब २५ करोड २७ लाख रुपैयाँभन्दा बढी छ ।