काठमाडौं । कुशेऔंशी अर्थात् बुबाको मुख हेर्ने दिन आउन १ दिन मात्रै बाँकी रहँदा काठमाडौं उपत्यकामा चहलपहल देखिएको छ । पर्वको पूर्वसन्ध्यामा आइतवार (आज) काठमाडौंको हनुमानढोका नजिकै कुश किन्न पुगेका थिए एक ग्राहक । ती ग्राहक झरीको परवाह नगरी छाता ओढेर त्यो स्थानमा पुगेका थिए ।
टेंगल चोकस्थित मिठाइ पसलमा ग्राहक मिठाइ किन्दै थिए । कुशेऔंशी सोमवार (भोलि) मनाइँदैछ । पर्वका अवसरमा बुबालाई मिठाइ, लुगाकपडालगायत दिने चलन छ । आमाबुबा नहुनेले यस पर्वमा काठमाडौंको गोकर्णलगायत तीर्थस्थलमा श्राद्ध, तर्पण गर्ने गर्छन् ।
यस दिन हिन्दू धर्मावलम्वीहरूले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने कुश घरघरमा भित्र्याउने गरेका छन् ।