काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले यही पुस २८ मा तेह्रौं वार्षिक साधारण सभा बोलाएको छ । सभा सेलिब्रेशन हाईट,सुकेधारा काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।
सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले गत आर्थिक वर्ष (आव) २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले पुस ९ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यसको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।