काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा मंसिर ५ गते गर्ने भएको छ । कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याक्वेटमा उक्त दिन बिहान १० बजे सभा शुरु गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट प्रस्तावित चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ ।
त्यस्तै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अधिकारको पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।