काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले १५औं वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ ।
सभा अनमोल ब्याक्वेट शंखमूल काठमाडौंमा बिहान १०ः३० बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षणको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले सहायक कम्पनी स्थापना तथा विद्युत उत्पादनको अनुमतिपत्र हस्तान्तरण अनुमोदन र अन्य जलविद्युत आयोजनालाई प्राप्ति गर्न तथा मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस ९ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।