काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले माघ २ गतेदेखि ९ गतेसम्म लिलामी प्रक्रियाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले यस अघि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण हुन नसकेको ८ लाख २६ हजार ५७४ कित्ता हकप्रद शेयर लिलामीमा विक्री गरेको हो । कम्पनीको सर्वसाधारण समूहको उल्लेखित कित्ता शेयर भने विक्री हुन नसकेको हो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र माघ १८ गते खोली कम्पनीको सञ्चालक समितिको माघ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बाँडफााट गरेको हो ।
यी शेयरको कटअफ मूल्य १८७ रुपैयाँ १० पैसा कायम गरी उक्त मूल्यमा पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको हो । बाँडफाँटमा नपरेको शेयर वापतको रकम माघ २५ गतेदेखि आवेदकहरूको बैंक खातामै रकमान्तर गरिने जानकारी कम्पनीले दिएको छ । यो शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हाल१ अर्ब ५० करोड रुपैयाँको आधारमा ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । ५० प्रतिशत हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब २५ करोड रुपैयाँ कायम भएको छ ।