काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डको प्रतिइकाई खुद मूल्य वैशाखको तुलनामा जेठमा बढेको छ । वैशाख मसान्तसम्म रू. ९ दशमलव ७२ रहेको योजनाको प्रतिइकाई मूल्य जेठ मसान्तसम्म रू. १० दशमलव ५६ छ ।
योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । धितोपत्र बजारमा लगानी गर्ने उद्देश्यसहित सञ्चालित योजनाले जेठ मसान्तसम्म रू. १ अर्ब ३ करोड ६१ लाखभन्दा बढीको लगानी गरेको छ ।
जेठमा योजनाको नोक्सानी रकम कम भएको छ । जेठ मसान्तसम्म योजना रू. १३ करोड ५७ लाखभन्दा बढी नोक्सानीमा छ । वैशाख मसान्तसम्म योजना रू. २४ करोड ६ लाखभन्दा बढी नोक्सानीमा थियो ।
वैशाख मसान्तसम्म रू. २ करोड २२ लाखभन्दा बढी जम्मा आम्दानी ऋणात्मक रहेको योजनाको जेठ मसान्तसम्म जम्मा आम्दानी रू. ११ करोड ५३ लाखभन्दा बढी ऋणात्मक छ । वैशाखमा रू. १ करोड ८३ लाखभन्दा बढी खर्च गरेको योजनाले जेठ मसान्तसम्म रू. २ करोडभन्दा बढी खर्च गरेको छ ।