काठमाडौं। लुम्बिनी विकास बैंकले रुपन्देहीको बुटवलस्थित लुम्बिनी आँखा अस्पताललाई ‘माइक्रो कन्ट्रोलर बेस अटो केल्भ होरिजेन्टल मेडिकल उपकरण’ खरीदका लागि आर्थिक सहयोग गरेको छ ।
बैंकले उक्त उपकरण खरीदका लागि १७ लाख ३६ हजार रुपैयाँ सहयोग गरेको हो ।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराईले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागरप्रताप राणालाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । अध्यक्ष भट्टराईले अस्पतालमा उपचारमा आउने बिरामीलाई प्रत्यक्ष सहयोग पुग्ने हुनाले उक्त उपकरण खरीदमा सहयोग गर्न पाउनु बैंकका लागि गौरवको विषय भएको बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राणाले बैंकले गरेको सहयोगका लागि धन्यवाद दिँदै भविष्यमा पनि सहकार्यका लागि अपेक्षामा रहेको बताए ।