काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभा सोमवार काठमाडौंमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । यसैगरी ४ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयरसहित ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव समेत पारित गरेको छ ।
साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीले राखेको जिज्ञासाको जवाफ बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले दिएका थिए ।
बैंकले ८९ शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर)मार्फत ‘निरन्तर सहयात्रा’ नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको बताइएको छ ।