काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ५५ हजार कित्ता संस्थापक शेयर दोस्रो पटक सर्वसाधारण व्यक्ति तथा संस्थाहरूमा विक्री खुला गरेको छ । कम्पनीले गत असोज १६ गते विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र प्राथमिकतामा राखेर विक्री खुला गर्दा वितरण नभएको यी शेयर गत पुस १८ गते अन्य व्यक्ति तथा संस्थामा विक्री खुला गरेको थियो ।
पहिलो पटक ३५ दिन र दोस्रो पटक ७ दिन अवधि तोकेर विक्री खुला गर्दा वितरण नभएको यी शेयर चैत ४ गते पुनः ७ दिनको अवधि तोकेर कम्पनीले यी शेयर विक्रीमा ल्याएको हो । यी शेयर खरीद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूले माछापुच्छ्रे क्यापिटलको सुन्धारा, काठमाडौंमा रहेको कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।