काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज ब्लूचिप फण्डले माघ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले माघ मसान्तमा रू. ६३ लाख ९९ हजार नाफा कमाएको छ । यस फण्ड पुस मसान्तमा रू. २ करोड ७५ लाख घाटामा थियो । माघ महीनामा फण्डले कुलरू. २ करोड १९ लाख आम्दानी गर्न सफल भएकाले नाफामा रहेको हो । पुस मसान्तमा फण्डको कुल आम्दानी रू. १ करोड ४१ लाख ऋणात्मक थियो ।
फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य न्याभ पनि पुसको तुलनामा माघमा वृद्धि भएको छ । पुस मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ९७ पैसा रहेकोमा माघ मसान्तमा बढेर ११ रुपैयाँ २४ पैसा पुगेको छ ।
फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । पुस मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. १ अर्ब १८ करोड लगानी गरेकोमा माघ मसान्तमा बढाएर रू. १ अर्ब २५ करोड भन्दा बढी पु¥याएको छ ।