काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले चौथो वार्षिक साधारण सभा मंसिर १४ गते गर्ने भएको छ । कात्तिक ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा स्मार्ट दरबार शखपार्क काठमाडौमा गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले गत आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निधारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीको प्रबन्धपत्र, नियमावलीमा संशोधन गर्ने सम्बन्धमा प्रस्तावित संशोधन तथा धितोपत्र दर्ता तथा निष्कासनबारे नियमनकारी निकायबाट कुनै फेरबदल, सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संशोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले यही कात्तिक २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा कात्तिक २८ गतेसम्म कायम शेयरधनी साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।