कात्तिक २७, काठमाडौं (अस) । माइक्रोम्याक्स इन्फरम्याटिक्स लिमिटेडले माइक्रोम्याक्स क्यान्भास निट्रो ए ३१० मोडल नेपाली बजारमा ल्याएको छ । चम्किलो स्वरुप, उत्कृष्ट प्रदर्शन र नविनतम किसिमको ‘यूजर इण्टरफेस’ भएको यो फोनमा साथै सबै प्रकारका एप्स भएको कम्पनीले बताएको छ ।
उक्त मोबाइल सावजनिक गर्दै कम्पनीका अन्तर्राष्ट्रिय बिजनेस प्रमुख अमित माथुरले ग्राहकको बद्लिदो आवश्यकता पूरा गर्ने यो मोबाइलमा उत्कृष्ट रहेको दावी गरे ।
यो मोबाइलमा शक्तिशाली १ दशमलब ७ गिगाहर्जको टुओक्टा कोर प्रोसेसर छ । पाँच इञ्चको एचडी आपीएस डिस्प्ले भएकोले फोनमा डाइनामिक कन्ट्रास र कर्लर भाइब्रेसन रहेको छ ।
आधुनिक प्रविधिको एण्ड्रोइड ४.४ किटक्याटमा चल्ने सो फोनबाट प्रयोगकर्ताले भ्वाइस सर्च, गुगल ड्राइभ ≈याङआउट्स फर भिडियो कल्स र स्मार्ट कण्ट्याक्ट जस्ता उत्कृष्ट सुविधा रहेका छन् । लेदर फिनिस भएको निरो रङ्गको यो मोबाइलमा क्वीक लुक, स्मार्ट अर्लट अलइन वान क्यामरा वीगेट जस्ता विशेषता रहेको पनि कम्पनीले बताएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.