logo
माउन्टेन इनर्जी नेपालको १०.५३ % नगद लाभांश वितरण शुरू 
माउन्टेन इनर्जी नेपालको १०.५३ % नगद लाभांश वितरण शुरू 

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । 

कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट करसमेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पुस ८ गते सम्पन्न नवौं वार्षिक साधारण सभामार्फत पारित गरेको थियो ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि मङ्सिर २७ गते एक दिन बुक क्लोज गरेकाले मङ्सिर २६ गतेसम्म कायम शेयरधनीको हितग्राही बैंक खातामै नगद लाभांश जम्मा गरेको हो ।
पछिल्लो समय पूर्ण प्रविधिमैत्री धितोपत्र कारोबारमा रकम हस्तान्तरण बैंक खातामार्फत नै हुँदै आएको छ । कम्पनीले पनि हितग्राही बैंक खाता नम्बर अद्यावधिक गराएका सदस्यहरूलाई नगद लाभांश वितरण गरेको हो । 

हालसम्म बैंक खाता अद्यावधिक नगरेका सदस्यहरूको नगद लाभांश बैंक खाता अद्यावधिक भएपछि मात्र जम्मा गरिने भएकाले यथाशीघ्र खाता अद्यावधिक गराउनसमेत कम्पनीले अनुरोध गरेको छ ।

बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म अर्थात मङ्सिर २६ गतेसम्म धितो राखेका शेयरधनीहरूको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संइस्थाको स्वीकृतिपत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी पनि कम्पनीले दिएको छ । 

सो मितिपश्चात् कर्जा चुक्ता गरेका सदस्यहरूको हकमा पनि सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवापत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने कम्पनीको भनाइ छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.