काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि रू. ८८ दशमलव ५३ देखि २६५ दशमलव ५९ ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वास्तविका प्रतिशेयर नेटवर्थ रू. ८८ दशमलव ५३ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ ।
कम्पनीको आईपीओ माघ २६ गते बाँडफाँट भएको थियो । कम्पनीको आईपीओमा १ लाख ९९ हजार २०० सय जनाले आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता शेयर निष्कासन गरेको थियो ।