काठमाडौं । मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्ड फागुन मसान्तमा रू. १ करोड ७० लाख घाटामा रहेको छ । माघ मसान्तमा पनि फण्ड रू. ४ करोड १८ लाख घाटामा थियो । यस आधारमा फण्डको घाटा माघको तुलनामा फागुनमा घटेको छ ।
त्यस्तै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) माघ मसान्तको तुलनामा फागुन मसान्तमा घटेको छ । माघ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ६२ पैसा रहेकोमा फागुन मसान्तमा बढेर १० रुपैयाँ ८२ पैसा पुगेको हो ।
फागुन मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. १ अर्ब ३ करोडभन्दा बढी लगानी गरेको छ । यो लगानी माघ मसान्तमा रू. १ अर्ब ६ करोड थियो । यस आधारमा फण्डले सूचीकृत शेयरमा लगानी माघको तुलनामा फागुनमा केही घटाएको छ ।