काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओ बुधवार (आज) बाँडफाँट भएको हो । कम्पनीले बैशाख ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणका लागि आईपीओ शेयर निष्कासन गरेको थियो ।
उक्त आईपीअोमा कुल ११ लाख ७८ हजार ७३९ आवेदकले १ करोड ३७ लाख २० हजार ३० कित्ता शेयरका लागि आवेदन परेको थियो । जसमध्ये ११ लाख ७४ हजार २२८ आवेदन स्वीकृत भएको छ भने ६५ हजार ६४६ आवेदन रद्द भएको छ ।
स्वीकृत आवेदनमध्ये कुल ९५ हजार ४११ जनाले १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ । सोमध्ये पनि भाग्यमानी ४ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।