काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेड कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष खुद नोक्सानी बढेको छ । अघिल्लो वर्ष १ करोड १ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानी रहेको कम्पनी गत वर्ष ४ करोड ३८ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको हो ।
गत वर्ष कम्पनीको आम्दानी १ करोड ३९ लाख रुपैयाँभन्दा बढी भएको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको विद्युत उत्पालन नहुँदा आम्दानी गरेको थिएन भने खर्च बढेकाले गत वर्ष कम्पनीको खुद नोक्सानी बढेको हो ।
अघिल्लो वर्ष यस अवधिसम्म खर्च नगरेको कम्पनीले गत वर्ष २५ लाख १२ हजार रुपैयाँ खर्च गरेको हो । सञ्चालन खर्च पनि अघिल्लो वर्ष ९५ लाख ८४ हजार रुपैयाँ भएकोमा गत वर्ष १ करोड ८ लाख रुपैयाँभन्दा बढी खर्च भएको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ९८ लाख ८ हजार रुपैयाँ छ । जगेडा कोष रकम भने १२ करोड ९५ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । दीर्घकालीन कर्जा ८७ करोड ३१ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने शून्य छ ।
अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको दीर्घकालीन कर्जा ८३ करोड ८१ लाख रुपैयाँभन्दा बढी थियो भने अल्पकालीन कर्जा १५ करोड ५४ लाख रुपैयाँभन्दा बढी थियो । प्रतिशेयर ८ रुपैयाँ १३ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ पनि ७६ रुपैयाँ ऋणात्मक छ ।