काठमाडौं । ‘महालक्ष्मी साहित्य पुरस्कार २०८०’ महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ ।
बैंकले शनिवार आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने र बैंकको बागमती प्रदेश ‘ख’ का प्रमुखले अर्याललाई संयुक्तरूपमा उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।
तत्कालीन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको)ले भाषा, साहित्यको क्षेत्रमा योगदान पु¥याउने साहित्यकारलाई सम्मान गर्न २०५९ सालमा उक्त पुरस्कार स्थापना गरेको थियो ।
उक्त पुरस्कार मातृभूमि साहित्य समाज, मकवानपुरको संयोजनमा अर्याललाई प्रदान गरिएको बैंकद्वारा आइतवार (आज) जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रम मातृभूमि साहित्य समाजका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता भएको थियो । यस कार्यबाट नेपालमा साहित्य क्षेत्रको विकास तथा संरक्षण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।