ललितपुर । सिजन मिडियाको १६औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको ‘एशियन प्रोफेसन अचिभमेन्ट अवार्ड–२०२४’ सम्पन्न भएको छ।
बुधवार सम्पन्न उक्त अवार्ड तथा सम्मान कार्यक्रममा ग्लोबल डिप्लोमेसि एण्ड इकोनोमिक एक्सिलेन्स अवार्ड नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका अवैतनिक वाणिज्य दूतसमेत रहेका उद्यमी, व्यवसायी डा. राजेश काजी श्रेष्ठले पाएका छन् । यस्तै, आउटस्ट्याण्डिङ लिडरशीप इन बैंकिङ अवार्डबाट बैंकर सुनिल केसी, लिडरशीप एक्सिलेन्स इन नेफ्रोलजी एण्ड पब्लिक हेल्थ सर्भिस अवार्डबाट चिकित्सक डा. अनिल पोखरेल, आइकोनिक बिजनेस आन्टरप्रिनरशीप अवार्डबाट उद्यमी व्यवसायी क्याबिनेट श्रेष्ठ र भिजनरी एडुकेटर एण्ड रिसर्चर अवार्डबाट डा. स्वागत श्रेष्ठलाई सम्मान गरिएको छ ।
यस्तै, भिजनरी लिडर इन नन् लाइफ इन्सुरेन्स अवार्ड युगेश भक्त बाडे श्रेष्ठले, ग्लोबल एडुकेशन लिडरशीप अवार्ड महेन्द्र राज कँडेलले, ग्लोबल पिस एण्ड ह्युमानिटेरियन लिडरशीप अवार्ड डा. पियारत्न महर्जनले पाएका छन् । ।
समारोहमा आउट स्ट्याण्डिङ जर्नालिजम अवार्डबाट मनऋषि धिताल, इनोभेटिभ लिडरशीप इन एस्थेटिक एक्सिलेन्स अवार्डबाट मा डोङ शु, डिस्टिङग्वीस्ड मिडिया प्रोफेसनल अवार्डबाट निर्मला शर्मा, मिडिया एण्ड फेसन आन्टरप्रिनरशीप अवार्डबाट मिस नेपाल २००० तथा सञ्चारकर्मी उषा खड्गी, एक्सिलेन्स इन् भिडियो जर्नालिजम अवार्डबाट शिव पंगेनी, डिजिटल फाइनान्स इनोभेटर अफ द इयर अवार्डबाट अमित अग्रवाल, आइकोनिक पर्फमर अवार्डबाट गायिका इन्दिरा जोशी, आउटस्ट्याण्डिङ लोकल गभरनेन्स अवार्डबाट शुक्र चुमन, वुमन आन्टरप्रिनरशीप अवार्डबाट सुनिता अधिकारी, डायस्पोरा लिडर इन मिडिया एण्ड कम्युनिटी अवार्डबाट अष्ट्रेलियामा कार्यरत प्रदीप तिमिल्सिना तथा इन्सिपायरिङ युथ आन्टरप्रिनरशीप अवार्डबाट डभिल सिंह राजपूत सम्मानित भएका छन् ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिएकासँगै विभिन्न मुलुकमा व्यावसायिक सफलता हात पारेका व्यक्तिलाई अवार्ड दिइएको थियो । जसअन्तर्गत पाकिस्तानका वाहेब सलिम चुङताईलाई फोटोजर्नलिजम अचिभमेन्ट अवार्ड, चीनका झाङ जिनसियाङलाई एग्रिकल्चरल इनोभेसन एण्ड ट्रेण्ड लिडरशीप अवार्ड, भियतनामकी युई सिबाओलाई ग्लोबल ह्युम्यानिटेरियन एण्ड क्युलिनरी इनोभेटर अवार्ड, थाईल्याण्डकी वाडसना राईलाई एक्जेप्लेरी लिडरशीप अवार्ड, चीनका सु छुईलाई भिजनरी फोटोग्राफर एण्ड कल्चरल एड्भोकेशी अवार्ड, बंगलादेशका मोनिरुल इस्लाम शाबुजलाई एक्सिलेन्स इन् फोटोजर्नलिजम अवार्ड, पाकिस्तानका मोहशीन मशुद दारलाई एक्सिलेन्स इन् हस्पिटालिटी लिडरशीप अवार्ड, मलेसियाकी डा।जयामालिनी इएगानाथनलाई ग्लोबल एक्सिलेन्स इन् एजुकेशन एण्ड सस्टेनेबिलिटी अवार्ड तथा भारतका सिद्धार्थ चावलालाई पायनियर इन् ग्लोबल एक्सपान्सन एण्ड अपरेसनल एक्सिलेन्स अवार्ड प्रदान गरिएको थियो ।