काठमाडौं। जीडब्ल्यूएम–नेपालले बहुप्रतिक्षित ट्यांक ब्रान्डको बुकिङ खुला गरेको छ । कम्पनीले लक्जरी ७ सिटर एसयूभी ट्यांक ५०० र ५ सिटर एसयूभी ट्यांक ३०० को बुकिङ खुला गरेको हो, जसमा एचईभी प्रविधि समावेश गरिएको बताइएको छ ।
ट्यांक ब्रान्डले जीडब्ल्यूको उच्च–स्तरीय अफ–रोड सवारीसाधनको प्रतिनिधित्व गर्ने बताइएको छ, जसले एसयूभीको नयाँ ट्रेन्ड सेट गर्न लक्ष्य राख्दछ । यसको लोगोमा रहेका ‘टी’ अक्षरले ट्यांक ब्रान्ड, प्रविधि र ट्रेन्डको प्रतिनिधित्व गर्ने र ‘यू’ प्रयोगकर्ता तथा एकताको प्रतीक रहेको बताइएको छ ।
ट्यांक ५०० र ट्यांक ३०० मोडललाई इन्डोनेशिया, थाइल्याण्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया, न्युजिल्यान्ड लगायतका देशमा प्रस्तुत गरिएको र त्यहाँका प्रयोगकर्ताबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको कम्पनीको भनाइ छ ।
जीडब्ल्यूको नवाचार रणनीतिअन्तर्गत ट्यांक ब्रान्डले डिजिटलाइजेसन र चालकको अनुभवलाई नयाँ उचाइमा पुर्याउने बताइएको छ । जीडब्ल्यूले नयाँ, भरपर्दो, उच्च–गुणस्तरका मोडलहरू प्रस्तुत गर्दै ‘अफ–रोडभन्दा बढी’ अनुभव प्रदान गर्ने बताइएको छ । ट्यांक ३०० र ट्यांक ५०० नेपालमा २.० एल टर्बो पेट्रोल एचईभी मोडलमा उपलब्ध छन्, जसमा नाइन–स्पीड स्वचालित ट्रान्समिसन रहेको र यी मोडलले २५८ केडब्ल्यू पिक पावर र ६४८ एनएम टर्क प्रदान गर्ने बताइएकोछ । ट्यांक ३०० को मूल्य रू. १ करोड ८५ लाख र ट्यांक ५०० को मूल्य रू. २ करोड २५ लाख तोकिएको छ ।