काठमाडौं । सिद्धार्थ बैंक र जङ्गल भिल्ला रिसोर्ट प्रालिबीच छूट दिनेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकले चितवनस्थित जङ्गल भिल्ला रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाई (२ रात र ३ दिन) सेवामा १५% सम्मको छूट पाउनेछन् ।
यस सम्झौताले ग्राहकलार्ई छूट दिनुको साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।