काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापकतर्फको ९ प्रतिशत शेयर स्वामित्व सर्वसाधारणमा परिणत गर्ने भएको छ ।
कम्पनीले हाल कायम संस्थापकतर्फको ६० प्रतिशत र सर्वसाधारणतर्फको ४० प्रतिशत शेयर स्वामित्वलाई संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम गर्न लागेको हो । शेयर स्वामित्व परिवर्तनको निर्णय कम्पनीको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको थियो ।
नेपाल राष्ट्र बैंकबाट समेत शेयर संरचना परिवर्तनको लागि स्वीकृति प्राप्त भइसकेको अवस्थामा कम्पनीले प्रक्रिया अघि बढाएको हो । यदि आफ्नो स्वामित्वको शेयर परिवर्तन गर्न नचाहने सदस्यहरूलाई आगामी ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा लिखित निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र कुनै पनि आवेदन प्राप्त नभएमा सम्बन्धित शेयरधनीहरूको मञ्जुरी सम्झेर प्रक्रिया अघि बढाइने जानकारीसमेत कम्पनीले दिएको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. १९ करोड ६० लाख २ हजार छ ।