मङ्सिर १८, काठमाडौं (अस) । मिथिला लघुवित्त विकास बैङ्कको वार्षिक साधारण सभा पुस २९ गते वेलकम सभाहल, जनकपुरधाममा हुँदैछ । सो साधारण सभाको प्रस्तावमा १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने रहेको छ । साथै बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजी ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । साधारण सभा प्रयोजनको लागि बुक क्लोज पुस १४ गते रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५ करोड ७३ लाख ७२ हजार रहेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.