काठमाडौं । दुई ओटा अलग - अलग लघुवित्त कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने बिहीवार अर्थात् फागुन ४ गते अन्तिम दिन रहेको छ ।
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् । सो सभा प्रयोजनका लागि फागुन ५ गते एक दिन बुक क्लोज गर्ने भएकाले फागुन ४ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन् ।
मिथिला लघुवित्तले फागुन १७ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १७ करोड ४ लाख ३७ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यसैगरी महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले भने फागुन २१ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १४ करोड ७५ लाखको आधारमा ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।